किसान महासङ्घको मधेस प्रदेश अध्यक्षमा चौधरी 

बुधबार, जेठ २४, २०८०

वीरगन्ज– नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेस प्रदेशको वीरगन्जमा सम्पन्न प्रदेश अधिवेशनले निरन्जन चौधरीको अध्यक्षतमा ५१ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा आशिकीकुमारी गिरी र पुरनदेव चौधरी, सचिवमा रामप्रसाद घिमिरे, उपसचिवद्वयमा रामेश्वर साह र अञ्जना पन्त, कोषाध्यक्षमा सुलेखा अग्रवाललाई चयन गरेको हो ।

यस्तै, समितिको सदस्यमा जयप्रकाश गुप्ता, बचनलेव पञ्जियार, ओमप्रकाश साह कानुलगायतलाई चयन गरेको महासङ्घका  केन्द्रीय अध्यक्ष प्रेमकुमार दङ्गालले जानकारी दिए ।

अधिवेशनको एक कार्यक्रमका बीच एमालेका सचिव रघुवीर महासेठले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार