वामदेवको घोषणा– ओलीले बोलाए खुसीसाथ एमालेमा फर्किन्छु

बुधबार, जेठ २४, २०८०

काठमाडौँ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुरानो पार्टी नेकपा (एमाले)मा फर्कने संकेत गरेका छन् ।

राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा एमालेका पूर्वउपाध्यक्ष गौतमले आज यस्तो संकेत गरेका हुन् । 

एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने घोषणा गरे ।

उमेरहद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने ।
नेता गौतमले आफूहरुलाई नै रोक्न त्यो बेला ओलीले ७० वर्षे उमेरहदको प्रस्ताव ल्याएको आरोप लगाए ।

‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो । मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नुभएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ । अझै पनि ४–५ वर्षमा ७० वर्ष पुग्ने १०–१२ जना नेता छन्,’ उनले थपे ।

एमालले आजै मात्र नेतृत्वमा पुग्नेलाई यसअघि लगाइएको ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार