बालेनको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

बुधबार, जेठ २४, २०८०

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको हो ।

काठमाडौं महानगरका मेयर शाह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट–२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ ।

यस्तै बैठकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्नेलगातका निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्