सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुधबार, जेठ २४, २०८०

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
 
आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०-८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्