२५ वर्षपछि फिजीका प्रधानमन्त्री न्युजिल्यान्ड भ्रमणमा

बुधबार, जेठ २४, २०८०

वेलिङ्टन– फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुगेका छन् ।

‘प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो  र अहिले हामी उहाँलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौं,’ न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भने । 

न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएका छन् ।

न्युजिल्यान्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्