टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने : महामन्त्री थापा

सोमबार, जेठ २२, २०८०

दाङ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टीभित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृतिको विकास भएको बताए।

थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा कांग्रेस भएपनि पार्टी प्रति जनताको कुनै भरोसा नभएको उल्लेख गरे । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धति नै फेरबदल गर्नुपर्ने थापाले बताए ।

महामन्त्री थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधीहरुलाई निर्देशन गरृ ।

नेपाली काग्रेसबाट निर्वाचीत लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधीहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष लहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदी लगाएतले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्