प्रचण्डले भने– मैले भारतलाई कालापानी दिएर बंगलादेश जाने बाटो मागेको छैन

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई चुचे नक्सामा समेटिएका जमिन भारतलाई लिएर बंगलादेश जाने बाटो नमागेको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन् । 

‘मैले भारतसँग कुनै पनि जमिन दिएर नयाँ जमिन लिन सकिने भन्ने विषयमा कुराकानी गरेको छैन,’ सोमबार प्रतिनिधि सभामा आफ्नो भ्रमणबारे जानकारी दिदै उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपालको चुचे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा दिएर बंगलादेश जाने बाटो मागेको भन्ने चर्चा चलेको थियो । उनले कुनै विकल्पकाे कुरा नगरेकाे र नेपालकाे भूभाग नेपालकै हाे भन्ने स्थापित गर्न खाेजेकाे बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्