Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डले आज संसद्मा भारत भ्रमणलगायतका विषयमा प्रष्टीकरण दिने

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको संसद् बैठकमा भारत भ्रमणलगायतका विषयमा प्रष्टीकरण दिने भएका छन् ।

उनले प्रतिनिधिसभाको आजको बैठकको सुरुकै जवाफ दिने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

आइतबार प्रतिपक्षी दलहरूले संसद्को अवरोध गरेका थिए । सो हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् । यससँगै संसद् सुचारु हुने भएको छ । 

यसअघि सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।

चार दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच  ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।

लिपुलेकलगायतका अतिक्रमित भूमिको सट्टा भारतसँग बंगलेदश जाने बाटो माग्न सकिने भन्ने प्रधानमन्त्रीको भनाइप्रति विपक्षीहरूले आलोचना गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्