नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

आइतबार, जेठ २१, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ । 

अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर अर्को आदेश गर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्