संघीय संसदको दुवै सदनको बैठक अबरुद्ध

नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छ : ओली

आइतबार, जेठ २१, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगाएतका बिषयमा संसद अवरोध भएपछि अध्यक्ष ओलीले संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि गतिरोध अन्त्य हुने बताए । प्रतिपक्षी दलहरुले बिरोधका कारण संघीय संसदको दुई सदनको बैठक अबरुद्ध भएको थियो

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्