नागरिकता विधेयक

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

शनिबार, जेठ २०, २०८०

काठमाडौँ– नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले नेपालीलाई नेपालमा नै अल्पमतमा पार्ने षडयन्त्र बन्द गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, उनीहरुले गैर नेपालीलाई नेपाली नागरिकता दिने उदेश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिउको आरोप लगाएका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्