म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

शुक्रबार, जेठ १९, २०८०

नोमपेन– म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम  आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ । 

म्यान्मार सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

चक्रवात मोचाबाट म्यान्मारको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन् भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्मारका राजदूतलाई  विदेश मन्त्रालयमा हन्तान्तरण गरिएको हो । 

चक्रवातका कारण म्यान्मारमा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्