एमाले सचिवालय बैठक जारी

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ।

केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्