खेलाडी पलायन रोक्नुपर्ने सहित १४ बुँदे माग राख्दै खेलकुदमन्त्रीलाई ज्ञापन पत्र

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्वुलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारमा मन्त्री लिम्वुलाई १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायीक गर्दै लैजानुपर्ने, सवै विधाका खेल प्रतियोगीताको लागि बृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन् ।

संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फर्छ्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अबिलम्व व्यवस्थीत गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबास सहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई बर्षभरी निरन्तरता दिनुपर्ने लगाएतका माग राखेका छन् । संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लिम्वुले खेल क्षेत्रको बिकास र बिस्तारका लागि सारेका मागहरुलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाले पदमा बसुन्जेल इमान्दारीतापूर्वक खेल क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझउदै संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले पदावधी सकिएका खेल संघहरुको निर्वाचन अविलम्व गर्नुपर्ने, भ्रष्टाचारमा लुप्त राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र सदस्यहरु सबैलाई वर्खास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्