प्रचण्ड र मोदीबीचको संयुक्त पत्रकार सम्मेलन  [LIVE]

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैछन् ।

दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन भइरहेको हो । यसअघि दुईबीच सोही ठाउँमा भेटवार्ता भएको थियो । 

भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । 

प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उनीसँगै परराष्ट्रमन्त्री एनपी साउद लगायत भ्रमण टोली पनि समाधिस्थल पुगेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्