‘अखण्ड भारत’को नक्साबारे रास्वपाले भन्यो– प्रधानमन्त्रीले यो विषय उठाउनुपर्छ

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै जारी भएको ‘अखण्ड भारत’को नक्साको विषय उठाउनुपर्ने माग गरेको छ ।

पार्टीका प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञीपत जारी गर्दै विषय उठान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

‘आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ,’ विज्ञीपतमा भनिएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम रास्वपालाई स्वीकार्य नभएको ढकालको भनाइ छ ।

349070931_576813747974862_6890398020893309205_n1685516963.jpg

‘भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको अखण्ड भारत नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति रास्वपाको गम्भीर ध्यानार्कषण भएको छ,’ विज्ञीपतमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ ।’

प्रधानमन्त्री प्रचण्ड आजै भारतको भ्रमणमा जाँदैछन् । 


 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार