Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ 

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सांसद हुन अयोग्य रहेको भन्दै लामिछानविरुद्ध परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।

यस मामिलामा सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद् पद खारेज भएको थियो । चितवन–२ बाट उनी पुनः निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्