नक्कली भुटानी शरणार्थी प्रकरण

समाजवादीको प्रदर्शन– भ्रष्टाचारको पुरानो फाइल खोलेर पूर्ण छानविनको माग

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न सवैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी)ले ले मंगलबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन गरि कानूनी कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोहि दोषि नउम्कने र कोहि निर्दोष नफस्ने गरि अनुसन्धानलाइ निष्कर्षमा पुराउनुपर्ने बताए । उनाले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरुको पनि छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोह विरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्