सांसद विकास कोषबारे बालेनको प्रतिक्रिया– सांसदहरू वडाध्यक्षको स्तरमा आए 

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएकोप्रति कटाक्ष गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका हुन् ।

सांसद विकास कोष ब्युँतिएपछि सांसदहरू वडाध्यक्षको स्तरमा आएको प्रतिक्रिया दिएका छन् ।

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनु भयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरिएको छ ।

यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको हो । यससँगै यो विवादमा पनि परिहेको छ । विशेषगरी, सर्वसाधारणले यसको विरोध गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्