नेभिगेशन
समाचार

कंशाकारले लिइन् सांसद पदको शपथ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसदमा सिफारिस भएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिएकी हुन् ।

रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार