को हुन् अर्जेन्टिनामा उदाएका ‘नयाँ मेसी’ ? 

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– अर्जेन्टिनामा अहिले यू–२० विश्वकप फुटबल चलिरहेको छ । त्यहाँ एक खेलाडीको चर्चा ‘नयाँ मेसी’ रुपमा चुलिएको छ । उनी हुन्– लुका रोमेरो ।

रोमेरो अर्जेन्टिनाका वर्तमान कप्तान लियोनल मेसीभन्दा २ इन्च कम उचाइका छन् । ५ फिट ५ इन्च मात्रै अग्ला रोमेरोको खेल्ने शैली मेसीसँग ठ्याक्कै मिल्छ । साथै उनी मेसीजस्तै देब्रे खुट्टा बढी चलाउँछन् । बल खेलाउने शैली पनि उस्तै देखिन्छ । उनी मेसीजस्तै छरिता छन् र उसैगरी बललाई देब्रेतिर मोड्दै पोस्टतिर लान्छन् ।

अर्को रमाइलो कुरा त यो छ– रोमेरोले न्युजिल्याण्डविरुद्ध जुन गोल गरे त्यो ठ्याक्कै मेसीको शैलीकै छ ।

Luka Romero should not be labelled Mexican Lionel Messi, says Graham Hunter  | Football News | Sky Sports

जारी प्रतियोगितामा आयोजक अर्जेन्टिना समूह ‘ए’को विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ । अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटै खेल जित्नुमा रोमेरोको पनि योगदान छ । रोमेरोले ग्याटेमालाविरुद्ध पनि गोल गरेका थिए ।

‘नयाँ मेसी’को रुपमा चर्चित रोमेरोको जन्म सन् २००४ मा मेक्सिकोमा भएको थियो । अर्को संयोग पनि छ उनी जुन साल जन्मिए मेसीले त्यसै सालदेखि बार्सिलोनाको सिनियर टिममा पहिलोटक अवसर पाएका थिए । 

रोमेरोका बुवा डिएगो मेक्सिकोकै एउटा क्लबमा फुटबल खेल्ने गर्थे । सोही बेला उनको जन्म भएको हो । बुवाको सरुवासँगै रोमेरो सानै उमेरमा स्पेन गए ।  उनी त्यहीँ हुर्किए । उनले चाहने हो भने अझै पनि मेक्सिको र स्पेनबाट खेल्न सक्छन् ।

Dal reality al primo gol in A con la Lazio. Siviero: “A 10 anni Romero...

यद्यपि, उनले आफ्नो बुवा–आमाले जन्म लिएको देश अर्जेन्टिनाबाटै खेल्ने निर्णय गरेका छन् । 

रोमेरोले अर्जेन्टिनाको यू–१५ र यू–१७ टोलीबाट खेलिसकेका छन् । अहिले यू–२० बाट खेलिरहेका छन् । 

सन् २०२२ को मार्चमा मुख्य प्रशिक्षक लियोनल स्कालोनीले रोमेरोलाई अर्जेन्टिनाको सिनियर टोलीमा बोलाए । उनले २०२२ को विश्वकपको पहिलो सूचीमा रोमेरोको नाम समावेश गरेका थिए । तर अन्तिम २६ मा उनी परेनन् । जहाँ अर्जेन्टिनाले उपाधि जितेको थियो । 

रोमेरो सन् २०२१ मा स्पेनको मालोर्का ‘बी’बाट इटालियन सिरी ‘ए’ क्लब लाजियाेमा आएका छन् । जहाँ उनले १४ खेल खेल्दै एक गोल गरिसकेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्