प्रधानमन्त्रीकाे भारत भ्रमण

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव

आइतबार, जेठ १४, २०८०

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् । 

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् । 

सो क्रममा उनीहरुले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् ।  उनीहरुले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाईम केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् । 
 

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्