एमालेमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै बानेश्वरमा युवासंघको प्रदर्शन

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– एमालेमाथि भ्रष्टाचारको तथ्यहिन आरोप लगाउने काम भएको भन्दै एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौं विरोध प्रदर्शन गरेको छ । 

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेताहरुको आधारहिन, भ्रामक तथा आपत्तीजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । उनीहरुले जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ? लडाकु घोटाला छानविन गर, लगायतका प्लेकार्ड प्रदर्शन गर्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्