नेभिगेशन
समाचार

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नकोे जवाफ दिने भएका छन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जेठ ७ देखि सांसदहरूले त्यसबारे छलफल गर्दै विभिन्न सवाल उठाएका थिए ।

प्रतिपक्षी दल एमाले, राप्रपा र रास्वपाले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइसकेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार