प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन् ।

उनको औपचारिक भारत भ्रमण ४ दिनसम्म अर्थात् जेठ १७ गतेदेखि २० सम्म रहने परराष्ट्र मन्त्रालयनिकट स्रोतले जानकारी दिएको छ ।

यद्यपि, यसको औपचारिक जानकारी भने पत्रकार सम्मेलन गरेर दिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री भएको ५ महिना बितिसक्दा पनि भारतले प्रचण्डलाई भ्रमणको निम्तो नदिँदा शंसय पैदा भएको थियो । तर, मिति तय भएसँगै यो शंसय हटेको छ ।

नेपाली प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतको गर्ने परम्परा छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्