शरणार्थी प्रकरणको अनुसन्धानमाथि एमाले महासचिवको आरोप– सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक 

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई शंका गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटकको संज्ञा दिएका छन् ।

‘काँक्राचोरले काँक्रा आफ्ूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,’ उनले फेसबुकमा लेखेका छन्, ‘सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।’

यस प्रकरणमा प्रहरीले सत्तारुढ नेपाली कांग्रेसका संग्लग्नलाई जोगाउन खोजेको र एमालेकालाई फसाउन खोजिएको महासचिव पोखरेलको आशय देखिन्छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्