आजको तस्बिर

आमाबुबा बिहानै काम गर्न निस्किएपछि...

मंगलबार, जेठ ९, २०८०
आजको तस्बिर– आमाबुबा बिहानै काम गर्न निस्किएपछि खाना नखाई विद्यालय आएका इनरुवा ८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ५ का छात्र आशिक सदा कार्यालयमा भुजाचिउरा खाँदै । खालीपेट विद्यालय आएका ११ वर्षीय सदा कक्षा चलिरहँदा आलसतालस भएपछि उनलाई कार्यालयमा ल्याएर वैकल्पिक खानाको व्यवस्था गरिएको हो । प्रधानाध्यापक लावण्यमणि पोखरेलका अनुसार सीमान्तकृत मुसहर समुदायका बालबालिकाको संख्या अधिक भएको विद्यालयमा दिनहुँजसो एकदुई जना विद्यार्थीलाई यसरी वैकल्पिक खानाको व्यवस्था गर्नुपरेको छ । सोही विद्यालयमा खाली खुट्टा पढ्न आएका बालबालिकाको तस्बिर राससमा केही दिनअघि प्रकाशन भएपछि सहयोगी दाताले चप्पल र जुत्ता सहयोग गरेका थिए । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्