राष्ट्रियसभा बैठकमा  प्रधानमन्त्री

कूटनीतिक माध्यममार्फत सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री

मंगलबार, जेठ ९, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीति माध्यममार्फत सीमा विवाद समाधान गरिने बताएका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्