न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट 

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– इंग्लिस क्लब न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा छनोट भएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले रेलिगेनको खतरामा परेको लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।

पछिल्लोपटक न्युकासल सन् २००२–०३ को सिजनमा च्याम्पियन्स लिगमा छनोट भएको थियो ।  

न्युकासल पाँचौं स्थानमा रहेको लिभरपुलभन्दा चार अंकले अघि छ । न्युकासलले अन्तिम खेलअघि अर्थात् ३७ औँ खेलमा ७० अंक जोडेको छ । योसँगै उसको शीर्ष चारमा पर्ने पक्का भएको हो ।

साउदी अरेबियाको एक कम्पनीले लगानी गरेपछि न्युकासल बलियो बन्दै गएको मान्न सकिन्छ । 

चौथो स्थानको म्यानचेस्टर युनाइटेडको दुई खेल खेल्न बाँकी छ । उसको ६९ अंक छ भने लिभरपुल अन्तिम खेलअघि ६६ अंक जोडेर पाँचौ स्थानमा छ । 

यता पूर्वविजेता लेस्टर रेलिगेसन भने जोनमा रहेको छ । १८औं स्थानको लेस्टरको ३१ अंक छ । 

म्यानचेस्टर सिटी यसअघि नै विजेता बनिसकेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्