ओलीले बोल्दा संसद्को रेकर्डबाट हटेको ‘निम्छरो’ शब्द योगेशले फेरि बोले !

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा संसद्को रेकर्ड भएको हटाइएको निम्छरो शब्द सोही पार्टीका सांसद योगेश भट्टराईले आज फेरि बोलेका छन् ।

उनले आज सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनले यस्तो शब्द प्रयोग गरेका हुन् ।

२०७४ मा कांग्रेस सांसदहरूका प्रश्नको जवाफ दिँदै तत्कालीन प्रधानमन्त्री ओलीले निम्छरो शब्द प्रयोग गरेका थिए । सरकारको नीति तथा कार्यक्रमबारे कांग्रेसका सांसदहरूले निम्छरा प्रश्न सोधेको उनले बताएका थिए । ओलीले बोलेको उक्त शब्दको विरोध भएपछि संसद्को रेकर्डबाट हटाइएको थियो । 

आज भट्टराईले त झनै कांग्रेसलाई निम्छरो बन्दै गएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममा समावेश गरिएको जनयुद्ध शब्द कांग्रेसले स्वीकार गरेको आरोप लगाउँदै उनले निम्छरो बनेको आरोप लगाएका हुन् ।

‘जनयुद्ध भन्ने शब्द यहाँ उचारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ७२ को संविधानपश्चात् सरकारी दस्तावेजमा उल्लेख भएको थिएन । पहिलोपटक प्रधानमन्त्री प्रचण्डले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गराउनुभएको छ,’ उनले भने, ‘गणेशमान, किसुनजी, गिरिजाप्रसादको पार्टी यति निम्छरो नेपाली कांग्रेसको हालत देखिएको छ । यदि, यो एक नम्बर बुँदा कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसको इन्ड अफ द हिस्ट्री हो । यो शब्द र स्प्रिटलाई उनीहरूले स्वीकार गर्नुहुन्छ भने इन्ड हुन्छ ।’
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्