कुनै पनि कालखण्डमा भएका र जो कोही भ्रष्टाचारी विरुद्ध पनि कारबाही गरौं– ओली

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । उनले कुनै पनि कालखण्डमा भएका र जो कोही भएपनि भ्रष्टाचारीलाई कारबाही गर्न पनि प्रस्ताव गरेका छन् ।

‘हामी भ्रष्टाचारलाई यो र त्यो समयको, यसले र उस्ले गरेको भन्दैनौं । भ्रष्टाचार भ्रष्टाचारै हो । यसको पद, जात, लिंग र समय हुँदैन । इतिहासको जुनसुकै कालखण्डमा, जो सुकैले गरेको भ्रष्टाचार छानविनको दायरामा ल्याइनु पर्छ । हामी दृढ छौं, सयौं वर्षपछि पनि गलत कार्यको स्वीकारोक्ति, क्षतिपूर्ति र सजाय भइरहेका उदाहरण हामी विभिन्न राष्ट्रहरुमा देख्न सक्छौं,’ ओलीले भने ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्