सुदूरपश्चिम प्रदेश सभामा एमाले अवराेध

एमालेको अवराेधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

शनिबार, जेठ ६, २०८०

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।

अढाई महिनापछि शनिबार अपराह्न ५ बजे संचालन भएको दोस्रो प्रदेश सभाको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवराेध गरेपछि स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन।

बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्न सभामुख भीमबहादुर भण्डारीले सांसदहरूलाई ५ मिनेट दिएका थिए । त्यसलगत्तै सांसद मेघराज खड्काले बोलेपछि एमाले सा‌ंसद धर्मराज पाठकले विरोध जनाए । सांसदलाई दिएको समय विशेष हो वा शून्य समय प्रष्ट नभएको भन्दै पाठकले विरोध जनाए ।

लामो समयपछि बैठक सञ्चालन भएकाले शून्य समयमा एमालेलेलाई नदिएको भन्दै संसदीय मर्यादा मिचेको उनको भनाई थियो । तर, सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका छन् । त्यसपछि भने अन्‍य एमाले सांसदहरूले पनि विरोध गरे । 

एमालेको विरोधपछि सभामुख भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् । अर्को बैठकको सूचना भने जारी भइसकेको छैन ।

गत फागुन २१ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बसेको थियो । त्यसपछि शनिबार बैठक बसेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्