नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा संलग्नमाथि कडा कारवाही माग गर्दै नेकपा एसको प्रदर्शन

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि छानविन गरेर कडा कारवाही गर्नुपर्ने माग गर्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

बिहीबार काठमाडौंको माइतिघरमा समाजवादी निकट संगठनहरुले कुनै दवाव र प्रभावमा नपरि उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । 

ncp_yes1684415098.JPG

प्रदर्शनकारीहरुले सवै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर, युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले शरणार्थी प्रकरणपछि राजनीतिक दलका नेताहरु अत्तालिएको भन्दै यस प्रकरणमा कसैलाई पनि जोगाउन नहुने बताए ।

उनले अव सवै प्रकारका भ्रष्टाचारको अनुसन्धान गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताए ।

ncp_yes21684415110.JPG

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्