प्रतिनिधिसभा बैठक

रेशम चौधरीलाई छुटाउने विषयमा गम्भीर छौँ : प्रधानमन्त्री

बिहीबार, जेठ ४, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

बिहीबार संसद्‌मा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

रेशम चौधरीलाई रिहा गर्ने विषयमा सरकार गम्भीर छ, प्रधानमन्त्रीले भनेका छन्, हामीले यसअघि पनि अध्यादेश ल्याएरै भएपनि छुटाउने भनिएको हो । थारुवट आन्दोलनको कुरामात्रै भएन, अरु आन्दोलनका कैदीहरूलाई पनि कसरी छुटाउने भन्नेबारेको विधेयक संसद्‌मा दर्ता भइसकेको छ ।

उनले उक्त विधेयक सर्वसम्मतीबाटै टुङ्गिने विश्वाससमेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्