शाओमीले ल्यायो स्मार्टफोन रेडमी–१० अब छुट मूल्यमा

बिहीबार, जेठ ४, २०८०

काठमाडौं– शाओमीले रेडमी १०, २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ ।

आफ्ना उपभोक्ताहरूलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १०, २०२२ मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।

यो अफर जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । 

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १०, २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।’

रेडमी १०, २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको उनकाने दाबी छ । यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी+ डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ ।

शक्तिशाली मिडिाय टेक हिलिओ जी८८ प्रोसेसरद्वारा सञ्चालित, रेडमी १०, २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ ।

१८ वाट फास्ट चार्जिङ सपोर्ट रहने यसमा शक्तिसाली ५ हजार एमएच ब्याट्रीको साथ प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।

उपलब्धता

रेडमी १०, २०२२  पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध हुनेछ । यो ४ जीवी+६४ जीवी र ६ जीवी+१२८ जीवी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

रेडमी १०, २०२२ ४ जीवी+६४ जीवी : वास्तविक मूल्य रु २०,४९९ र छुट मूल्य रु १९,९९९ रहेको छ ।

रेडमी १० २०२२  ६ जीवी+१२८ जीवी : वास्तविक मूल्य रु २३,९९९ र छुट मूल्य रु २२,९९९ रहेको छ ।

रेडमी १० २०२२  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ, र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्