Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा खानी विवाद हुँदा १६ जना मारिए

मंगलबार, जेठ २, २०८०

पाकिस्तान– कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । 

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएका एआरवाई न्युजले जनाएको छ । 

पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् । 

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । 

झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्