जितसँगै लिभरपुलको नजर च्याम्पियन्स लिगमा, लेस्टर रेलिगेसन जोनमा

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । लिभपुलले गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई ३–० ले सहजै हराएको हो ।

कुर्टिस जोन्सले दुई गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाउन सफल रहे । अर्को गोल भने ट्रेन्ड अलेक्जेन्डर आर्नोडले गरे ।

योर्गन क्लोपको लिभरपुलले प्रिमियर लिगका पछिल्ला ७ खेलमा जित निकालेको छ । पाँचौ स्थानमा रहेको उसले शीर्ष ४ को सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगमा शीर्ष ४ मा पर्ने टोलीले च्याम्पियन्स लिग खेल्छन् । यस्तोमा लिभरपुल यसैको प्रतिस्पर्धामा छ ।

लिभरपुल समान ६६ अंक रहेका चौथो स्थानको न्युक्यासल र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा मात्र १ अंकले पछि छ ।

यता यो हारले लेस्टरमाथि भने रेलिगेसनको दबाब थपिएको छ । रेलिगेसन जोनमा रहेको लेस्टर अन्तिमबाट दोस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्