पूर्वमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नक्कली शरणार्थी प्रकणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लान लागेको अभियोग लागेका पूर्वमन्त्री खाँण नेपाली कांग्रेसका नेता पनि हुन् । उनी पनि रकम लिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको पाइएपछि प्रहरीले गत साता पक्राउ गरेको थियो ।

खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहलमा लगेको छ । उनलाई प्रहरीले ४ दिनको समय लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्