बालकृष्ण खाँणको दाबी : मेरो संलग्नता छैन

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण आफू निर्दोष रहेको प्रतिक्रिया दिएका छन् । खाँणले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् । 

म्याद थपका लागि प्रहरीले आइतबार दोस्रोपटक उनलाई सरकारी वकिल कार्यालय लगेको थियो । खाणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो । कार्यालयले उनीसहित पक्राउ परेका १२ जनालाई ४ दिनको म्याद थप गरेको छ ।

कार्यालय परिसरबाट निस्किदै गर्दा खाँडले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्