बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन म्याद थप (तस्बिरहरू)

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं –नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई आइतबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई ४ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट आइतबार खाँणसहित १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो । 

प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा आइतबार खाँणलाई उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गरिएको हो ।

अदालत लाने क्रममा खाँणलाई बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको थिया । उनलाई हतकडी लगाइएको थिएन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।

यहि प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ । हाल उनी फरार छन् । उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन् ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । 

346099726_964613138067739_5315360753066105250_n1684062321.jpg

346116621_796952098466295_2984385298785588305_n1684062306.jpg

346116642_935345681083742_5206545169954161731_n1684062294.jpg

346117918_919769099276886_8398528002528996780_n1684062283.jpg

346117929_932801154624432_4470694031410204477_n1684062271.jpg

346131311_776220577422936_4030700409515400019_n1684062249.jpg

तस्बिरहरू : लक्ष्मी धिमाल

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्