नक्कली भुटानी शरणार्थी प्रकरण

नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

रामेछाप–१ बाट २०७० मा संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएपछि आरोपी केशव दुलाल र सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । 

शेर्पालाई प्रहरीले खोजिरहेको थियो । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । 

आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार