इडब्लुबीको कार्यक्रममा नबिल बैंकको सहयोग

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं–नबिल बैंकले इन्जिनियर्स विदउट बोर्डस (इडब्लुबी) नेपालले कीर्तिपुरको पाँगा माविका विद्यार्थीहरुका लागि गरेको अभिमुखिकरमा सहयोग गरेको छ ।

चार दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा नबिल बैंकले सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा कक्षा ९ का ३० जना विद्यार्थीहरुको सहभागीता थियो । सहभागी विद्यार्थीहरुलाई ४ समूहमा विभाजन गरी समस्याको पहिचान,समस्याको समाधान,नयाँ सोच विकास, सोचलाई उत्पनदनमा परिणत र बजारीकरण गर्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिममा विद्यार्थीहरुले आफूहरुले गरेको नविनतम उत्पादनसहित आफ्ना व्यवसायीक योजनाहरु प्रस्तुत गरेका थिए ।

नबिल बैंकका सिएसआर प्रमुख रोशनी चन्दले नयाँ सोचका लागि कुनै पनि घेराबन्दी हुन नहुने बताइन् । अवसर र वातावरण दिए कुनै पनि विद्यार्थीहरुले आफ्नो सोचलाई सार्थक बनाउन सक्छन् भन्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अवसर दिन यो कार्यक्रम गरेको बताइन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका अन्वेषण प्रमुख पूर्णिमा बज्राचार्यले इडब्लुबीले नेपालले कार्यक्रमलाई अझ फराकिलो बनाउन चाहे आफूहरु सहयात्रा गर्न तयार रहेको बताइन् ।

इडब्लुबी नेपालका अध्यक्ष कपिलदेव रेग्मीले राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसंग साझेदार गर्दै परिणात्मक र गुणात्मक प्रयासहरु विस्तार गर्न संगठनको भूमिकामा जोड दिए ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्