Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर

बिहीबार, वैशाख २८, २०८०

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् ।

यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए । 

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए । 

‘बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ,’ उनले भने, ‘यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।’  

५३ सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य थिए । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्