नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणको अनुसन्धानमा अवरोध र हस्तक्षेप हुँदैन : प्रधानमन्त्री

बुधबार, वैशाख २७, २०८०

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै हस्तक्षेप नहुने बताएका छन् । यस प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै प्रकारको अवरोध र हस्तक्षेप नहुने उसनले बताएका हुन् ।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रहरीको अनुसन्धान प्रक्रियालाई अवरोध नगर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको पनि बताए ।

‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन । सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो । संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो’, उनले  भने, ‘तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन ।’

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार