नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा संलग्न कसैलाई प्रहरीले छोड्दैन : गृहमन्त्री श्रेष्ठ

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई प्रहरीले नछोड्ने प्रतिवद्धता जनाएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाइने पनि बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने विषयमा अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्‍याउन हामी लागिपरेका छौँ ।’ आजको प्रमुख ३ दलका नेताहरुको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताए ।

‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो ।’

गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी आफूले केही दिन  एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार