नेपोभिट टाईल्सको पहिलो वर्ष समीक्षा

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–नेपोभिट टाईल्सको पहिलो वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ, महानायक राजेश हमालसहित विभिन्न संघ संस्थाका अधिकारीहरूको  उपस्थिति थियो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावनाहरूको बारेमा जानकारी गराए । नेपोभिट टाईल्स अझै वृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ फ्लोर तथा वाल टाईल्सहरु बजारमा ल्याइने उनले जानकारी गराए ।

त्यसैगरी, अध्यक्ष शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेको विविध  समस्याका बारेमा बताए । कच्चा पदार्थ उत्खनन् र ढुवानीसम्बन्धी स्पष्ट ऐन र कानुन नहुँदा लागत रकम भन्दा बढी तिरेर छिमेकी मुलुकबाट चर्को शुल्कमा कच्चा पदार्थ ल्यायनु परेको उनले गुनासो गरे ।

बाराको जितपुरमा अवस्थित नेपोभिट टाईल्स नेपालको पहिलो र एकमात्र टाईल्स कम्पनी हो । २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यवसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाईल्स उत्पादन गर्दै आएको छ ।  


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्