नियात्राकार ढकाललाई वनिता पुरस्कार

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–वनिता साहित्यिक पत्रिकाले वरिष्ठ नियात्राकार प्रतीक ढकाललाई २०८१ को रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार प्रदान गर्ने भएको छ । वनिता साहित्यिक पत्रिकाले यो पुरस्कारको घोषणा गरेको हो ।

नियात्राकार ढकालले साहित्यका विविध विधामध्ये नियात्रामा उल्लेखनीय योगदान पु¥याए वापत उक्त पुरस्कार दिन लागिएको पत्रिकाले जनाएको छ ।

साहित्य, संगीत, रंगमञ्च र सञ्चार क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई २०८० र २०८१ सालका विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

सम्मानित हुने अन्य स्रष्टाहरूमा ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ बाट प्राडा अभि सुवेदी, देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०८० बाट बाल साहित्यकार शाश्वत पराजुली, २०८१ बाट बाल साहित्यकार छायादत्त न्यौपाने छन् ।

यस्तै ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती पुरस्कार २०८० बाट समालोचक प्राडा सावित्री मल्ल कक्षपती, २०८१ को उक्त पुरस्कारबाट समालोचक फणिन्द्रराज निरौलालाई पुरस्कृत गरिने भएको छ ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार २०८० बाट कथाकार किशोर पहाडी र २०८१ सालको उक्त पुरस्कारबाट कथाकार सुष्मिता नेपाललाई पुरस्कृत गरिने भएको छ ।

यस्तै ‘व्यथित काव्य वनिताश्री पुरस्कार २०८० बाट कवि नरेद्रबहादुर श्रेष्ठ र २०८१ बाट कवि ठाकुर बेलवासेलाई पुरस्कृत गरिने भएको छ ।

यस्तै ‘रन्जुश्री दामोदर यात्रा वनिता पुरस्कार २०८० बाट नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिने भएको छ ।

यस्तै ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार २०८० र २०८१ सालको पुरस्कार संगीतकार–गायक राज सिग्देल र गायिका राधिका भण्डारीलाई संयुक्त रूपमा प्रदान गरिंदै छ ।

यसै गरी ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार२०८०’बाट संगीतकार  मञ्जु नकर्मी र २०८१ सालको उक्त पुरस्कारबाट बालसाहित्यकार रश्मि रिमाललाई पुरस्कृत गरिने भएको छ ।

यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार २०८० साहित्यकार हरि बराल र २०८१ सालको उक्त पुरस्कार अनुवादक राजेन्द्र गुरागाईलाई प्रदान गरिने भएको छ ।

‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ ह्याप्पी किड्स मन्टेश्वरीका स्कुलका नानीहरूलाई प्रदान गरिने छ ।

उक्त पुरस्कारहरू चाँडै प्रदान गरिने वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले जनाएकी छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्