नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रक्रियालाई एमालेले सघाउने 

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारवाही गर्न हतार नगर्ने समेत जनाएको छ । बैठकले बैंशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि बिभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्र, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए ।

यसैगरी, मिसन ग्रासरुटको समीक्षा हुने बताए । ‘सात वटा भौगोलिक देश र दुई वटा गैरभौगोलिक प्रदेशका सचिव, जसले यो अभियानको पनि संयोजन गर्नुभयो, उहाँहरुले प्रस्तुत गर्नुहुन्छ ‘ उनले भने । 

सचिव नभएको ठाउँमा प्रदेश कमिटी इन्चार्जले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्