३ बीमा कम्पनी मर्ज भएर बन्यो ‘हिमालयन लाइफ’, एकीकृत कारोबार सुरू

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–‘हिमालयन लाइफ इन्स्योरेन्स’ले मंगलबारदेखि एकीकृृत कारोबार सुरु गरेको छ । बीमा क्षेत्रको सर्वाधिक ठूलो मर्जर सम्पन्न भएसँगै ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नाममा एकिकृत कारोबार सुरू भएको हो ।

३ जीवन बीमा कम्पनीहरु प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जर भई ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ बनेको हो । तीन कम्पनी १ः१ः१ को समान हैसियतमा एक आपसमा गाभिएका हुन् । गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका तीन कम्पनीहरुले एक वर्षपछि एकीकृत कारोबार थालेका हुन् । 

संयुक्त मर्जर कमिटीले २०७९ माघ १ गते हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता गरेका थिए । प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सएक भएसँगै चुक्ता पुँजीका आधारमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बनेको छ । 

एकीकृत संस्थाको चुक्ता पुँजी पौने ८ अर्ब कायम भएको छ । यसअघि बैशाख ६ गते सम्पन्न भएको प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफको १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिएको थियो । ती कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । यस्तै नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो ।

नयाँ संस्था हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । हाल प्राइमको चुक्ता पुँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५२ करोड र यूनियनको २ अर्ब १५ करोड रुपैयाँ छ ।

पुँजीको आधारमा दोस्रो ठूलो बन्दा जीवन बीमा कोषका आधारमा नेपाल लाइफ र एलआईसीभन्दा केहीपछि रहेपनि ठूला व्यवसायिक घराना एक ठाउँमा आएकाले कम्पनीको कारोबार आगामी दिनमा बढ्दा जीवन बीमा क्षेत्रमा नम्बर वान रुपमा कम्पनीले आफूलाई स्थापित गर्नसक्ने ठाउँ देखिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार