सिद्धार्थ बैंकको ‘पे एण्ड सेभ खाता’

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं –सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ ।

शून्य मौजदातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत सयभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाइ निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट ससानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंकस्र्माट एक्सपी सेवा प्रदान गर्ने भएको छ ।

साथै, बैंकले ग्राहकलाई यो खाता खोली लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ । यस खाताले अभिभावक वर्गलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै ससानो बचत गरी आफ्ना बालबालिकाको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्